निकको उमेर गलत लेख्दा ट्रोल भइन् प्रियंका

निकको उमेर गलत लेख्दा ट्रोल भइन् प्रियंका

बलिउड अभिनेत्री प्रियंका कार्कीले हलिउड गायक निक जोनाससँग विवाह गरेको पनि १ वर्ष पुग्न लागिसकेको छ । तर, प्रियंकालाई भने आफ्ना पतिको वास्तविक उमेर नै थाहा नरहेछ ! जसका कारण प्रियंका अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् ।

१६ सेप्टेम्बर १९९२ मा जन्मिएका निक अहिले उमेर २६ वर्षका भए । तर, प्रियंकाले भने उनको उमेर नै गलत उल्लेख गरिदिएकी छन् ।

फोटो शेयरिङ साइट इन्स्टाग्राममा पतिको उमेर गलत लेखेको भन्दै अहिले प्रियंकाको मजाक उडाउन थालिएको छ ।

टकीला ब्राण्ड भिल्ला वानको लञ्चका लागि प्रियंकाले आफ्ना पति निकलाई बधाई दिएकी थिइन् । उसमा उनले लेखेकी थिइन्, ‘तपाईप्रति धेरै गर्व छ । मात्र २७ वर्षको उमेरमा तपाईं आफ्नो टकीला ब्राण्डको मालिक बन्नुभएको छ !’

प्रियंकाले इन्स्टाग्राममा फोटोसहित उक्त स्टाटस शेयर गरेपछि इन्स्टाग्राम प्रयोगकर्ताले उनलाई उडाउन शुरु गरिसेका छन् ।

धेरै, प्रयोगकर्ताले निक अहिले २६ वर्षका मात्रै भएको भन्दै प्रियंकाले किन २७ वर्ष लेखेको भन्दै प्रश्न गरेका छन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *