रानु मोन्डलबारे लता मंगेशकरले दिइन् नमि*ठो प्रतिक्रि*या, रानुका प्रशंसक खुव रिसाए

रानु मोन्डलबारे लता मंगेशकरले दिइन् नमि*ठो प्रतिक्रि*या, रानुका प्रशंसक खुव रिसाए

रानाघाट स्टेशनको कुनामा बसेर गीत गाउने रानू मण्डल आज सोसल मिडियाको सेन्सेशन बनिसकेकी छिन् । लता मंगेशकरको गीत गाइरहेको रानूको एउटा भिडियो यसरी भाइरल भयो कि उनी रातारात स्टार बनिन् । रानूको आवाजको जादु यतिमा मात्रै सिमित भएन उनलाई बलिउडका संगीत निर्देशक हिमेश रेशमियाले बिलउडमा डेब्यूको मौका पनि दिए । रानूले हिमेशको फिल्मको एउटा मात्रै नभई दुई दुईवटा गीत गाइसकेकी छिन् । यी खबर बीच रानूबारे विभिन्न चर्चा परिचर्चा भइरहेका छन् ।
यही विषयमा भारतकी ‘लेजेन्ड’ गायिका लता मंगेशकरले दिएको प्रतिक्रियामा भने धेरैले असन्तुष्टि जनाएका छन्।हिन्दुस्तान टाइम्सका अनुसार लता मंगेशकरलाई उनकै गीत गाएर चर्चा कमाएकी रानुका बारेमा सोधिएको थियो।

यसबारे लता मंगेशकरको भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ– यदि मेरो नाम र कामबाट कसैलाई राम्रो हुन्छ भने म आफूलाई भाग्यमानी ठान्छु। तर मलाई यो पनि लाग्छ, सफलताका निम्ति नक्कल गरेको काम भरपर्दो र दिगो हुँदैन। किशोरदा (कुमार) वा रफी साब (मोहम्मद रफी) वा आशा (भोस्ले) वा अरू कसैका गीत गाएर सम्भावना भएका र नयाँ गायकहरूले आफूतिर ध्यान बटुल्न सक्छन्। तर त्यो छोटो हुन्छ। यो सफलता लामो समय रहँदैन। ‘धेरै बच्चाहरू मेरो गीत एकदमै राम्ररी गाइरहेका देखिन्छन्, तर तीमध्ये कतिले सफलता हासिल गरे खै? सफल हुनेमा मैले चिनेका त सुनिधी चौहान र श्रेया घोषाल मात्र हुन्।’
लताले यसबारे आफ्नै बहिनी आशा भोस्लेको उदाहरण दिएकी छन्।

‘यदि आशाले आफ्नै शैलीमा गाउन बल नगरेको भए उनी सधैं मेरो छाया मात्र भएर बस्थिन् होला। आफ्नो मौलिक शैली र पहिचान खोज्नुपर्छ भन्नेको सबभन्दा ठूलो उदाहरण हुन् आशा। आज उनी जहाँ छन्, उनकै मौलिकता र खुबीका कारण छन्।’ लताले सबैलाई आफ्नो पहिचान खोज्ने सन्देश दिएको भए पनि रानु मोन्डलका प्रशंसकहरूले नराम्रो मान्दै सामाजिक सञ्जालमा असन्तुष्टि देखाएका छन्।

यसै क्रममा बलिउडका दबंग अर्थात् सलमान खान रानूसँग यति प्रभावित भएका थिए कि उनले रानूलाई महँगो फ्ल्याट उपहारमा दिएको बताइएको थियो । यद्यपि, यी खबरको कुनै आधार नभएको भारतीय मिडियाले दाबी गरिरहेका छन् । सलमान र रानू मण्डलको सम्बन्धबारे पनि निकै चर्चा चल्यो । तर हालै प्रकाशित विभिन्न रिपोर्टले यो खबरलाई झुटो बताइरहेका छन् ।

यस्तै, रानूले १५ लाखको कार खरिद गरेको पनि चर्चा थियो । साथै, रानूले बिग बसको अफर पनि पाएको खबर सुन्नमा आएको थियो । यी खबर पनि झुटो भएको विभिन्न रिपोर्टले बताएका छन् । यहाँसम्म कि उनको पारिश्रमिकसँग जोडिएका खबर पनि झुटो बताइएको छ । यद्यपि, रानूका आफन्तका अनुसार हिमेश रेशमियाले रानूको अत्यधिक मद्दत गरेका छन् ।

तर यसमा कुनै शंका छैन कि अत्यधिक गरिबीसँग जुधिरहेकी रानू अब स्टार बनिसकेकी छिन् । उनको चर्चा रातारात भएपनि त्यो उनको क्षमताका कारण सम्भव भएको हो । भिख मागेर पेट पाल्ने रानूको शक्ति उनको क्षमता बन्यो । उनलाई देखेर हिमेश रेशमियाले पनि भनेका छन्, ‘रानू मण्डललाई अब सुपर स्टार बन्नबाट कसैले पनि रोक्न सक्दैनँ ।’

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *