सवारीसाधनको लाइसेन्सका लागि ट्रायल दिँदा ध्यान दिनुपर्ने यी कुरा

सवारीसाधनको लाइसेन्सका लागि ट्रायल दिँदा ध्यान दिनुपर्ने यी कुरा

सवारीसाधनको लाइसेन्सका लागि ट्रायल दिँदा फेल भए पहिले ३ महिनासम्म पुनः ट्रायल दिन पाइँदैनथ्यो । तर, अब ट्रायल फेल भएको १०-१० दिनको अन्तरालमा ३ पटकसम्म ट्रायल दिन पाइने व्यवस्था छ । आफ्नो गल्ती थाहा हुनुको साथै थप अभ्यासको लागि समय पनि मिल्छ ।जस्तोसुकै बाटोमा पनि चलाउन सक्ने र आत्मविश्वासले ट्रायल पास गर्छु भनेर पुगेका व्यक्तिहरु पनि बारम्बार फेल भइरहेका हुन्छन् । सानोसानो गल्ति र डरले गर्दा पनि राम्रो चलाउने व्यक्तिहरु पनि फेल हुन्छन् । यदि यी कुराहरुको ख्याल राख्नुहुन्छ भने ट्रायलमा फेल हुने सम्भावना कम हुनसक्छ ।

१) आफूमा आत्मविश्वास जगाउने । याद गर्नुस्, यो हाम्रो लाइसेन्स चेक गर्ने ठाउँ हैन, ट्रायल दिने ठाउँ हो । मनमा सक्दिन भन्ने कुरा नल्याउनुस् । यदि मनमा कुरा खेल्छ भने त्यो कुरालाई मोडेर ट्रायल दिने तरिकाको चित्र दिमाखमा ल्याउनुस् । यसले मनको डर हटाउन मद्दत गर्दछ ।

२) चाहिने कागजपत्र राख्नुहोस् । भित्र जान अझै डरको महसुस गर्नु हुँदैछ भने पुनः अभ्यास गर्नुस् । आजकल ट्रायल दिने हरेक ठाउँमा अभ्यास गर्ने ठाउँ बनाएको हुन्छ । अभ्यासको क्रममा काटेको सबै चरणहरुलाई याद गर्नुस् र त्यस्तै आत्मविश्वासका साथ भित्र जानुहोस् ।

३) कतिपय अवस्थामा आफ्नो गल्तिले भन्दा पनि भित्र राखिएको सवारीहरुको त्रुटिले गर्दा फेल भएको कुरा सुनिन्छ । ट्रायल दिन सुरु गर्नुअघि सवारीसधान राम्रोसँग चेक गर्नुहोस् ।

४) सुरु गर्ने स्थान हेर्नुहोस्, ट्राफिकलाई हैन । यसले तपाईंलाई मनोबल दिन्छ । ट्राफिकको सिट्ठीले प्रमुख भूमिका खेल्छ, चनाखो हुनुहोस् । सिट्ठी कसको लागि बजेको याद गर्नुहोस् । आफूले गलत गरेको कि सहि आफैंलाई याद हुन जरुरी छ । नत्र अरुको लागि बजेको सिट्ठीले गर्दा तपाई रोकिन पुग्दा बाहिरिन सक्नुहुन्छ ।

५) साइड लाइट बाल्न र निभाउन भुल्नु भएन । प्रायजसोले बाल्ने तर निभाउन भुल्ने गरेको पनि देखिएको छ जसले गर्दा तपाईं आउट हुनुहुन्छ । ट्राफिक लाइटको बारेमा ज्ञान राख्नुहोस् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *